प्रदेशसभा सदस्य सिंहद्वारा कांग्रेस कार्यालय उद्घाटन

क्षेत्र नं. ४ पार्टी कार्यालय उद्घाटन समारोहमा उपस्थित प्रदेशसभा सदस्य सिंह (बीचमा) लगायत नेताहरु । (तस्बिर : उज्यालो अभियान)

धनकौल — नेपाली कांग्रेसका नेता एवं प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहले सर्लाही क्षेत्र नम्बर ४ को क्षेत्रीय कार्यालय उद्धघाटन गरेका छन् ।

धनकौलमा सोमबार दिउँसो आयोजित एक समारोहबीच प्रदेशसभा सदस्य सिंहले रिवन काटेर पार्टी कार्यालय उद्घाटन गरेका हुन् । प्रदेशसभामा कृषि तथा भुमि व्यवस्थापन समितिका सभापती समेत रहेका बिरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यता रहेको कार्यक्रम क्षेत्रिय अध्यक्ष रामआश्रय साहको सभापतित्वमा भएको थियो । कार्यक्रममा अर्का प्रदेशसभा सदस्य उपेन्द्र प्रसाद कुशवाहा लगाएत दर्जनौं नेता कार्यकर्ता उपस्थित थिए । क्षेत्रीय कार्यालय संचालनमा आएपछि अब पार्टी गतिविधी एवं विभिन्न कार्यक्रमहरु गर्नका लागि सहज हुने नेता कार्यकर्ताले विश्वास लिएका छन् ।