माकुराको पहलले चितायनमा प्रस्ताबहरु पारित

15
छलफल कार्यक्रममा उपस्थित व्यक्तित्वहरु । (तस्बिर : उज्यालो अभियान)

सञ्जु कर्ण/उज्यालो अभियान
हरिपुर – हरिपुर नगरपालिकाको चितायन स्थित मलेनिया सिंचाई आयोजना उपभोक्ता समिति र स्थानीय जग्गा धनी किसानबीचको विवादमा विभिन्न प्रकृयागत प्रस्ताव पारित गरिएको छ ।

कुलो निर्माण सम्बन्धमा देखिएको विवादमा आईतबार भएको छलफलले विभिन्न प्रकृयागत प्रस्ताव पारित गरेको हो । प्राकृतीक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल अन्तर्गत माकुरा समुहको सहजिकरणमा हरिपुरमा गरिएको छलफलले सो प्रस्ताव पारीत गरेको रुपान्तरण केन्द्रकी राष्ट्रिय स्रोत व्यक्ति पार्वती विश्वकर्माले जानकारी दिईन् ।

विश्वकर्माका अनुसार उपभोक्ता समुहका अध्यक्ष कासी नारायण चौधरी र जग्गाधनी किसानका प्रमुख ब्यक्ति रामबिलास गिरी लगायत पक्ष तथा सरोकारवालाको उपस्थितीमा सर्वसम्मत प्रकृया प्रस्ताव पारित गरिएको हो । माकुरा समुहका सदस्य मिन बहादुर धामीको अध्यक्षतामा भएको छलफलमा संबिधान सभा सदस्य राम चन्द्र चौधरी प्रमुख अतिथी रहेका थिए । छलफलमा हरिपुर नगरपालीका वडा नं.७ का वडाध्यक्ष हृदय नारायण पंजियार, प्राकृतीक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका सहजकर्ता गंगा बहादुर बिश्वकर्मा, ईन्जिनियर आनन्द धामी, समाजसेबी राम प्रसाद चौधरी लगायतको उपस्थिती रहेको स्रोत ब्यक्ति बिश्कर्माले बताईन् ।

प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण प्रकृया निश्कर्षमा नपुगेसम्म कुलो निर्माण कार्य सुचारु नगर्ने र हाललाई यथावस्थामा राख्ने, प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण प्रकृया अनुसार सबै पक्षको चित्त बुझेपछि मात्र सहमतिमा पुग्ने, वार्ता र संवादको माध्यमबाट समस्याको समाधान खोज्न सबै पक्षहरु सकृय हुने लगायत १२ बुँदे प्रकृया प्रस्ताव सर्वसम्मत रुपमा पारित गरिएको हो ।