नेकपा ईन्चार्ज वाग्लेको शव धरानबाट सर्लाही ल्याईंदै, श्रृद्धाञ्जलीका लागि नारायणकाजी आउँदै

6
स्व. डाचाराज वाग्ले ।

हरिवन – दुर्घटनामा मृत्यु भएका नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं सर्लाही ईन्चार्ज डाचाराज वाग्लेको शव आज (शनिबार) दिउँसो सर्लाहीको कर्मैया स्थित बागमती नदी किनारमा दाहसंस्कार गरिँदै छ ।

दाहसंस्कार कार्यक्रमममा सहभागि हुन र त्यस अघि स्व. वाग्लेप्रति श्रृद्धाञ्जली प्रकट गर्न नेकपा प्रचण्ड–नेपाल समूहका केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठ आउने भएका छन् । स्व. वाग्लेको पार्थिव शरिरमा पार्टीको झण्डा ओडाउँदै श्रृद्धाञ्जली प्रकट गर्न पार्टीका केन्द्रीय प्रवक्ता समेत रहेका श्रेष्ठ, स्थायी समिति सदस्य गिरिराज मणि पोखरेल पनि आउने नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तले जानकारी दिए ।

नेकपा सर्लाहीका सचिब कमल बुढाथोकीका अनुसार धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरेर केहीबेर अघि स्व. वाग्लेको शव सर्लाहीतर्फ हिँडाई सकिएको छ । पार्टीका स्थायी समिति सदस्य गिरिराज मणि पोखरेलको नेतृत्वमा स्व. वाग्लेकी पत्नी, दुई छोरा सहित परिवारका अन्य सदस्यहरुले स्व. वाग्लेको शव सर्लाहीतर्फ ल्याईरहेको बुढाथोकीले जानकारी दिए । प्रवक्ता श्रेष्ठ भने काठमाडौंबाट आउँदै छन् । दिउँसो ३ बजेसम्ममा कार्यक्रम हुने बताईएको छ । पुष्पकमल दाहाल प्रचण्ड वा माधव कुमार नेपाल मध्ये एकजनालाई ल्याउने तयारी गरिएपनि प्रचण्डको व्यस्तता एवं नेपालको स्वास्थ्यमा केही समस्या देखिएकाले उनीहरु दुवैजना श्रृद्धाञ्जली कार्यक्रममा सहभागि हुन नसक्ने भएपछि नारायणकाजी आउने भएका हुन् ।

यसअघि विहिबार दिउँसो दाहसंस्कार नगर्ने र स्वास्थ्य विज्ञान अध्ययनका लागि शरिर दान गर्ने भन्दै वाग्लेको शव धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । तर शुक्रबार साँझ एक्कासी पार्टी एवं पारिवारिक निर्णय अनुसार वाग्लेको शवको शनिबार दिउँसो बागमती नदी किनारमा दाहसंस्कार गर्ने कार्यक्रम तय भएको छ ।

विहिबार बिहान सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि पु¥याईएको स्व. वाग्लेको शव उनको चाहना अनुसार स्वास्थ्य विज्ञानमा अध्ययन गर्नका लागि शरिर दान गर्ने भन्दै विहिबार दिउँसै धरानतर्फ पठाईएको थियो । विहिबार दिउँसो लालबन्दीमा श्रृद्धाञ्जली कार्यक्रम गरेर उनको शव धरानतर्फ लगिएको थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीका सचिब कमल बुढाथोकीको नेतृत्वमा स्व। वाग्लेकी पत्नी, छोरा एवं दाजुभाई सहित परिवारका सदस्यहरुको सहभागितामा वाग्लेको शव धरान लगिएको थियो । सचिब बुढाथोकी शव पु¥याएर विहिबार राती नै सर्लाही फर्किएका थिए ।

जर्मनीमा रहेका मृतक वाग्लेका जेठा छोरा प्रज्वल वाग्लेले आफू नआईकन बुबाको पोष्टमार्टम नगर्न आग्रह गरेपछि शुक्रबार दिनभर पनि उनको शवको पोष्टमार्टम हुन सकेन । नेकपा सचिब बुढाथोकीका अनुसार शुक्रबार साँझ साँढे ४ बजे प्रज्वल धरान पुगेका छन् ।

घटना शंकाष्पद् भएको भन्दै पार्टीका नेता कार्यकर्ता र परिवारका सदस्यले मृत्त शरिरको पोष्टमार्टम गर्ने अडान लिएको बताईएको छ । पोष्टमार्टम गरेपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानले अध्ययनका लागि र शरिर दान नलिने भएकाले स्व. वाग्लेको पार्थिव शरिर दाहसंस्कारका लागि बागमतीमा ल्याउन लागिएको नेकपा सर्लाही सचिब बुढाथोकीले जानकारी दिए ।

‘घटना शंकाष्पद् देखिएकाले हाँमी र परिवारका सदस्यले पोष्टमार्टम गर्न भनेका हौं’, सचिब बुढाथोकीले भने, ‘तर पोष्टमार्टम गरेपछि शरिर दान नहुने रहेछ र स्वास्थ्य विज्ञान प्रतिष्ठानले अध्ययनका लागि शव नराख्ने रहेछ, शरिर दानका लागि पोष्टमार्टम गरेर चिरेको हैन सग्लो शरिर चाँहिने रहेछ, त्यसैले शनिबार दिउँसो उहाँको पार्थिव शरिरको बागमतीमा दाहसंस्कार गर्ने कार्यक्रम तय गरेका छौं ।’

यो पनि पढ्नोस्

ईन्चार्ज वाग्लेको मृत्यु घटना शंकाष्पद् भन्दै नेकपा सर्लाहीद्वारा निश्पक्ष छानविनको माग

नेकपा केन्द्रीय सदस्य एवं सर्लाही ईन्चार्ज वाग्लेको दुर्घटनामा मृत्यु

सर्लाही प्रहरीका अनुसार बरहथबाबाट नयाँरोडतर्फ आउँदै गर्दा मूर्तिया चोकबाट केही सय मिटर उत्तर वन कार्यालय नजिक नयाँरोड–बरहथवा सडकखण्डमा बुधबार राती ९ बजे लडिरहेको अबस्थामा वाग्लेलाई स्थानीयले देखेका थिए । स्थानीयको खबर अनुसार तत्काल प्रहरी घटनास्थल पुगेको थियो । लगतै प्रहरीले वाग्लेको शरिरलाई उठाएर पा्रथमिक स्वास्थ्य केन्द्र बरहथवामा उपचारका लागि लगेको थियो । त्यहाँका चिकित्सकले मृत्त घोषणा गरेका थिए । प्रहरीका अनुसार वाग्ले ज। १० प ३२०६ नम्बरको मोटरसाईकलमा बरहथवाबाट नयाँरोडतर्फ आउँदै थिए ।

कुनै जंगली जनाबरले बाटो काटेपछि तिब्र गतिमा रहेको मोटरसाईकल अनियन्त्रित भई पल्टिएको वा आफै लडेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । ‘मोटरसाईकल र मृतकको अवस्था हेर्दा अर्को ठूलो सबारी साधनले ठक्कर दिएको जस्तो देखिँदैन’, प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले उज्यालो अभियानसँग भने, ‘तथापी घटनाबारे सुक्ष्म ढंगले अनुसन्धान गरिरहेका छौं, पोष्टमार्टम रिपोर्ट पश्चात थप कुराहरु खुल्ने छ ।’ मोटरसाईकलमा उनी एक्लै भएकाले अझैपनि घटनाबारे एकिन थाहा हुन सकेको छैन ।