कांग्रेसी शुभेच्छुकहरुको मलंगवामा विरोध प्रदर्शन

5
शनिबार दिउँसो कांग्रेस शुभेच्छुक संस्थाले निकालेको ¥याली । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – नेपाली कांग्रेसका १८ वटा शुभेच्छुक संस्थाले शनिबार दिउँसो सदरमुकाम मलंगवामा विरोध प्रदर्शन गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार कांग्रेसका शुभेच्छुक संस्थाहरुले शनिबार दिउँसो सदरमुकाम मलंगवामा विरोध प्रदर्शन गरेका हुन् । पार्टी केन्द्रीय कार्यालयको निर्णय अनुसार नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल स्वास्थ्यकर्मी संघ, नेपाल शिक्षक संघ, सिडेन, नेपाल निमाजति कर्मचारी युनियन, नेपाल प्रेस युनियन लगायतका संगठनहरुको आयोजनामा सदरमुकाम मलंगवामा विरोध प्रदर्शन भएको हो ।

कांग्रेसी शुभेच्छुक संस्थाहरुले निकालेको ¥यालीले मलंगवा नगर क्षेत्र परिक्रमा गर्दै जिल्ला पार्टी कार्यालयमा पुगेर कोण सभामा परिणत भएको थियो । नेपाल ट्रेड युनियनका सभापति जवाहरलाल कुशवाहाको अध्यक्षता रहेको कार्यक्रममा कांगे्रस सर्लाहीका जिल्ला उपसभापति रामबलि रायको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पार्टीका जिल्ला सचिव नविन अधिकारी, मलगंवा नगरका पूर्वमेयर नागेन्द्र प्रसाद यादव, नेपाल शिक्षक संघका अध्यक्ष यमनाथ उप्रेती, संघका पूर्व अध्यक्ष कौशलकिशोर राय, नेपाल शिक्षक महासंघका केन्द्र्रीय सदस्य बद्रीनारायण मिश्र लगायतको आतिथ्यता रहेको थियो ।