ईश्वरपुरमा समुन्नती कार्यक्रमको अनुगमन

6
अुनगमन कार्यक्रमका सहभागिहरु । (तस्बिर : उज्यालो अभियान)

ईश्वरपुर – ग्रामीण नारी उत्थान संघ हरीपुरद्वारा संचालित समुन्नती कार्यक्रम अन्तर्गत भए गरेका कामहरुको शुक्रबार अनुगमन गरिएको छ ।

सेभ द चिल्ड्रेनको साझेदारीमा सन् २०१७ जुलाई देखी संघले ईश्वरपुर नगरपालिकामा संचालन गरेको कार्यक्रमको अनुगमन गरिएको हो । सन् सेभ द चिल्ड्रेनका कन्ट्री डाईरेक्टर जेनिफर सेडको नेतृत्वमा सेभ द चिल्ड्रेन क्षेत्रीय कार्यालय बर्दिवास एवं मलंगवा स्थित जिल्ला कार्यालयका टिमवाट बिहान ८ वजे देखि फिल्ड अनुगमन गरिएको संघले जनाएको छ ।

अनुगमनकै सिलसिलामा ईश्वरपुर–१४ श्रीनगर स्वाथ्य चौकीमा नवर्निमित किशोर किशोरी मैत्री भवनको उद्घाटन समेत गरिएको छ । उक्त भवन सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा ग्रामीण नारी उत्थान संघ हरिपुरको सहजीकरणमा १३ लाख ४६ हजार १२२ रुपैया लागतमा निर्माण सम्पन्न भएको हो । साथै उक्त स्वस्थ्य चौकीमा वर्थिङ सेन्टर लाई सहयोग पुग्ने स्वास्थ्य उपकरणको साथै हेण्डवास र पिउने पानीको समेत व्यवस्था गरिएको छ ।

नयाँ भवनमा किशोर किशोरीलाई आईपर्ने समस्याका वारेमा त्यस क्षेत्रका किशोर किशोरीहरुले सिकाई केन्द्रको रुपमा प्रयोग गर्न थालिसकेको संघले जनाएको छ । उक्त स्वास्थ्य चौकीमा अघिल्लो वर्ष सौचालय तथा स्नान गृह निर्माण कार्यमा पनि सहयोग पु¥याईएको थियो ।

त्यस्तै ईश्वरपुर–११ करमुहान स्थित २ लाख ५० हजार ७५५ रुपैंयाको लागतमा जनता प्राथमिक विद्यालयमा कम्पाउण्ड मर्मत र कक्षा कोठा रंगरोगन कार्य सहित विद्यालयको वालविकास तथा अन्य कक्षाहरुमा शैक्षिक समाग्री, खेलकुद सामाग्रीको साथै खानेपानीको व्यवस्थापनको पनि अनुगमन गरिएको संस्थाले जनाएको छ । उक्त सहयोले विद्यालयमा भर्ना दर वृद्घि भएको स्थानीयले बताएका छन् । दुवै क्षेत्रको अनुगमन गर्दा स्थानीय समुदाय र संस्थाको राम्रो समन्वय तथा सहकार्य भएको र लक्षित वर्गलाई सहयोग पुगेको भन्दै कन्ट्री डाईरेक्टर जेनिफर सेडले खुशी प्रकट गरेको संघले जनाएको छ ।