वृद्धाश्रममा मिष्ठान्न भोजन

15
वृभद्धाश्रममा खाजा वितरण गर्दै शान्ता कार्की । (तस्बिर : सामाजिक संजाल)

जुटपानी – सर्लाहीको बागमती नगरपालिकाका एक परिवारले बुधबार लालबन्दी–२, जुटपानीमा रहेको वृद्धाश्रममा दिनभरको भोजनको व्यवस्था गरेको छ ।

बागमती नगरपालिका–२, धरहरा निवासी दिपक कटुवाल र श्रीमती सरु कटुवालले बिहान आश्रममा आएर बिहानको खाजा खाना खुवाउनुका साथैँ रातीको खानाको पनि व्यवस्था मिलाएको आश्रमले जनाएको छ । बेसहारा वृद्ध बुबाआमालाई माया गरेर पद्म भुवनेश्वरी नमुना सेवाश्रममा सहयोग गरेकामा कटुवाल दम्पतीलाई आश्रम परिवारले धन्यवाद ज्ञापन गरेको छ ।

यसैबीच, लालबन्दी नगरपालिका ७ निवासी शान्ता कार्कीले छोरी जेशिका थापाले राम्रो अंक ल्याएर १२ कक्षा पास गरेकोे उपलक्ष्यमा बुधबार दिउँसोको खाजाको व्यवस्था गरेको आश्रमकी अध्यक्ष भवानी कोइरालाले जानकारी दिईन् । आश्रममा आएर भोजनको प्रवन्ध गरेकोमा आश्रमका संरक्षक बासुदेव शरण कोइरालाले धन्यवाद ज्ञापन गरेका छन् ।

आश्रममा हाल ४६ जना वृद्धवृद्धाहरु आश्रय लिएर बसेका छन् । विभिन्न उत्सव, वार्षिक पुण्यतिथि लगाएतका दिवसका अवसरमा मनकारी महानुभावको सहयोगले आश्रममा आश्रित वृद्धवृद्धाहरुको पालन पोषणमा सहज हुने गरेको आश्रमकी अध्यक्ष कोइरालाले जानकारी दिईन् ।