हरिवनमा चर्चित र्यापर भिटेन आउने

9

हरिवन – तामाङ समुदायको नयाँ वर्ष अर्थात २८५७ औं सोनाम ल्होछार पर्वको अवसरमा सर्लाहीको हरिवनमा आगामी माघ ३० गते गते एकदिने साँस्कृतिक महोत्सव हुने भएको छ ।

हरिवन तामाङ समूह आयोजक रहेको महोत्सबमा चर्चित र्यापर समिर घिसिङ (भिटेन) आउने समूहका संयोजक श्याम मोक्तानले दाबी गरे । त्यस्तै महोत्सवममा संगितकार एवं गायक विशाल कल्तानको पनि प्रस्तुती रहने जोनिस पाख्रिनले जानकारी दिए ।

हरिवनको सूर्तिविकास चौरमा हुने महोत्सवमा स्थानीय कलाकारहरुको समेत प्रस्तुती सहित तामाङ समुदायको झाँकी प्रदर्शन गरिने आयोजकले जनाएका छन् । कार्यक्रम बिहान ११ बजेदेखि दिनभर हुने बताईएको छ ।