प्रदेस सांसद् महतोद्वारा सामुदायिक भवन शिलान्यास

सामुदायिक भवनको शिलान्यास गर्दै प्रदेश सांसद् महतो । (तस्बिर : सामाजिक संजाल)

ईश्वरपुर – प्रदेश सांसद् उपेन्द्र महतोले ईश्वरपुर नगरपालिका–११, भलुवाहीमा निर्माण हुने सामुदायिक भवनको शिलान्यास गरेका छन् ।

प्रदेश सांसद् महतोले सोमबार दिउँसो शिलान्यास गरेका हुन् । उनले आफ्नो संसदीय बिकाश कोषबाट २५ लाख सुनिश्चित गरेको जसपाका जिल्ला अध्यक्ष नागेश्वर महतोले जानकारी गराए । उपभोक्ता समिती मार्फत निर्माण हुने भएकोले सांसद महतोले सुनिश्चित गरेको २५ लाखमा १० प्रतिशत थप गरी २७ लाख बढीमा धर्मशाला निर्माण हुने पनि अध्यक्ष महतोले दाबी गरे ।

भलुवाही टोलमा कुनै पनि सामाजिक कार्य गर्न भवन नरहेको र स्थानीय जनसमुदायको आवश्यकतालाई मध्यनजर गर्दै सामुदायिक भवन बनाउन रकम बिनियोजन गरेको भन्दै स्थानीयले प्रदेश सांसद् महतोलाई धन्यवाद दिएका छन् । कार्यक्रममा स्थानिय जनसमुदाय, बिभिन्न राजनितीक दलका स्थानिय नेता लगायत जसपाका नेता गौरी शंकर साह, मदन साह रौनियार, दिनेश ठाकुर, तपेश्वर महतो, चुल्हाई महतो लगायतको उपस्थिति रहेको थियो ।