आगो ताप्ने क्रममा जलेर महिलाको मृत्यु

7
प्रतिकात्मक तस्बिर

बागमती – सर्लाहीमा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ ।

जाडो छल्न आगो ताप्ने क्रममा सर्लाहीको बागमती नगरपालिका–४, जिरायत निवासी आईतमाया विकको जलेर मृत्यु भएको छ । ७५ बर्षीया बिक शनिवार आफ्नै घरको आँगनमा आगो तापीरहँदा आगोले जलेर घाईते भएकी थिईन् । एक्कासी सल्केको आगोले शरीरको विभिन्न भाग जलेको अवस्थामा उपचारका लागि नेशनल मेडिकल कलेज वीरगंजमा लगिएपनि त्यहाँ उपचार हुन नसकेपछि विकलाई काठमाडौं रेफर गरिएको थियो ।

काठमाडौं लैजाने क्रममा घाईते विकको बाटैमा मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ । मृत्यु भएकी विकको शव हाल सरकारी अस्पताल चपुरमा राखिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको सर्लाही प्रहरीले जनाएको छ ।