सर्लाही साहित्य समाजको नयाँ नेतृत्व

8
साहित्य समाजको अधिवेशनमा उपस्थित व्यक्तित्वहरु । (तस्बिर ः:उज्यालो अभियान)

लालबन्दी – सर्लाही साहित्य समाजको तेस्रो अधिवेशन तथा साधरण सभा सम्पन्न भएको छ ।

शुक्रबार दिउँसो लालबन्दी पार्टी प्यालेसमा सम्पन्न अधिवेशनले पुनः मिना देवकोटाकै अध्यक्षतामा ११ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । समाजको उपाध्यक्षमा राजेश्वरी काफ्ले, सचिवमा उत्तमकुमार दाहाल, सह–सचिवमा मनोज बख्रेल र कोषाध्यक्षमा सुमनप्रसाद घिमिरे चयन भएका छन् । त्यस्तै सदस्यहरुमा घनश्याम पन्त, लिला चौलागाईं, दिवस पौडेल, सूर्यप्रसाद बराल, सुमित्रा आचार्य र अम्बिका पौडेल चयन भएका छन ।

समाजकी अध्यक्ष मिना देवकोटाको अध्यक्षता एवं समाजकै संरक्षक तथा पूर्व प्रधानाध्यापक, शिक्षासेवी रेणुकान्त ढुंगानाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सर्लाही साहित्य समाजले साहित्यिक कार्यक्रम गर्ने र साहित्य क्षेत्रमा लाग्नेहरुको व्यक्तित्व विकासमा लामो समय देखि काम गर्दै आएको अध्यक्ष देवकोटाले जानकारी दिईन् ।