मोटरसाईकलको ठक्करबाट एकजनाको मृत्यु

2
सांकेतिक तस्बिर ।

बागमती – मोटरसाईकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

शनिवार बागमती नगरपालिका–८ स्थित सोल्टीमा प्रदेश २–०२–००३ प ३२७७ नम्बरको मोटरसाईकलको ठक्करबाट गम्भिर घाइते स्थानीय ५५ वर्षीय दमाई सिंह सार्कीको मृत्यु भएको हो । उपचारको लागि वीरगंजतर्फ लैंजादै गर्दा गम्भिर घाईते सार्कीको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बागमतीबाट बरहथवातर्फ जाँदै गरेको मोटरसाईकलले पैदल यात्री सार्कीलाई ठक्कर दिएपछी अनियन्त्रीत भएर पल्टिएको थियो । मोटरसाईकल पल्टिँदा चालक बरहथवा नगरपालिका–६ निवासी २५ बर्षीय समिर योञ्जन र पछाडी सवार २६ बर्षीय संजिव योञ्जन समेत घाईते भएका छन् ।

मोटरसाईकल चालक र पछाडी सबार योञ्जनद्वयलाई पनि हरिवन स्थित नमुना अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि वीरगंजतर्फ पठाईएको परिवारलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । घटनामा संलग्न मोटरसाईकल नियन्त्रणमा लिएर दुर्घटनाको विषयमा अनुसन्धान भैरहेको तथा मृतकको सव पोष्टमार्टम पश्चात आफन्तको जिम्मा लगार्ईएको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक मदन कुवँरले जानकारी दिए ।