सशस्त्रले समात्यो बोइलर कुखुरा

नष्ट पार्नका लागि खाडलमा हालिएका सशस्त्र प्रहरीद्वारा बरामद् बोईलर कुखुरा । (तस्बिर : उज्यालो अभियान)

बसबरिया – सशस्त्र प्रहरी बल बसबरिया बेस क्याम्पको टोलीले भारतबाट अवैध रुपमा भित्र्याईरहेको अवस्थामा बोइलर कुखुरा बरामद् गरेको छ ।

सशस्त्र प्रहरी बेस क्याम्प बसबरियाको टोलीले भारतीय सीमा मधुवनी नाकाबाट बरहथवातर्फ आउँदै गरेको पीकअप भ्यानमा ५१० थान बोईलर कुखुरा बरामद् गरेको हो । नयाँरोड–मधुवनी सडखण्ड अन्तर्गत धनकौल गाउँपालिका–५, तेलबजारबाट उक्त बोईलर कुखुरा बोकेको पीकअप भ्यान बरामद् भएको बताईएको छ । बरामद् कुखुरा ११ सय ४० केजी अर्थात तीन लाख ९९ हजार मुल्य बराबरको रहेको बताईएको छ ।

सशस्त्र प्रहरीले बरामद् कुखुरा खाडल खनेर नष्ट पारेको छ । बोईलर कुखुरा नष्ट पार्नका लागि प्रदेश दुई अन्तर्गत सर्लाही, महोत्तरी र धनुषा हेर्ने पशु क्वारेण्टाईन जनकपुरका प्रमुख डा. ईद्रेस झा नेतृत्वको पशु स्वास्थ्य प्राविधिकको टोली बसबरिया पुगेको थियो । डीके कोल्डस्टोर लगनखेल, ललिपुरको नाममा रहेको बरामद् कुखुरा नष्ट कार्यक्रममा स्थानीय जनप्रतिनिधि, भद्रभलादमी लगायतको समेत उपस्थिती रहेको थियो ।