धनकौलमा कांग्रेस प्रवेश गर्नेको लहर

6
कांग्रेस प्रवेश गरेका अन्य दलका नेता कार्यकर्तासँग प्रदेश सांसद् सिंह एवं धनकौल गापाका अध्यक्ष साह । (तस्बिर : उज्यालो अभियान)

धनकौल – सर्लाहीको धनकौल गाउँपालिकामा विभिन्न पार्टीका नेता कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

कांग्रेस धनकौल गाउँपालिका समितिको आयोजनामा सोमबार भएको कार्यक्रममा सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) का नेता कार्यकर्ताले पार्टी परित्याग गरी कांगे्रस प्रवेश गरेको धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहले दाबी गरे । धनकौल गाउँपालिका–४, महिनाथपुरमा भएको कार्यक्रममा नेकपा र जसपाका १५० जना नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको साहको दाबी छ ।

नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रदेश क्षेत्रिय सभापति हरेन्द्र सहनी, धनकौल वडा नं ४ का कांग्रेस सभापति चन्द्र पासवान लगायतको उपस्थिती रहेको थियो । यसअघि पनि विभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ताहरु कांग्रेस प्रवेश गरिरहेको प्रदेश सांसद् सिंहले जानकारी दिए ।