आहाराको खोजीमा वन्युजन्तु बस्ती पस्न थाले

13

हरिवन – केही समय यता आहाराको खोजीमा वन्यजन्तु गाउँमा निस्कन थालेपछी स्थानिय बासीन्दा मारमा परेका छन् ।

चुरे एवं वन क्षेत्रमा आहाराको कमि भएसँगै जंगली जनावरले किसानले लगाएका गहँु, मकै लगायतको बाली नाली खाएर तथा कुल्चेर नष्ट पार्दा किसान मारमा परेका हुन् । दिनभर वन्यजन्तु उष्ण प्रदेशिय बागवानी केन्द्रको जंगलमा क्षेत्रमा लुकेर बस्ने र रात परेपछि लालवन्दी नगरपालिका–९ मा रहेको भाग्यमानि चौर आसपासका खेतमा किसानले लगाएको बालि खाई नष्ट गर्ने गरेको वडाध्यक्ष गोपाल घिमिरेले जानकारी दिए । विशेषगरी बँदेल, घोडगधा, निलगाई लगायत बन्यजन्तुले बालिनाली नष्ट पार्ने गरेको स्थानीयको गुनासो छ ।

जंगलमा पानीको मुहान सुकेकाले जंगली जनावरहरु खानेपानीकै खोजीमा गाउँ पस्ने गरेको विज्ञहरु बताउँछन् । वन्यजन्तु गाउँमा निस्कनुको मुख्य कारण जंगलमा मानिसको चहलपहल बाक्लिएर आहाराको कमि हुनु तथा पानीको मुहान सुक्नु रहेको जानकारहरु बताउँछन् ।