बागमतीले दियो विपन्न परिवारलाई न्यानो कपडा

सन्जु कर्ण/हरिवन – बागमती सेवा समाज नेपाल हरिवनले अति विपन्न परिवारलाई विहिबार न्यानो कपडा वितरण गरेको छ ।

अक्सफाम नेपालको सहयोगमा बागमतीले हरिवन नगरपालीका वडा नं. १, ४, ५, ६, ७, ८ का अति बिपन्न १३५ परिवार तथा ईश्वरपुर नगरपालीका वडा नं. ८ का अति बिपन्न ४५ परिवारलाई ब्लांकेट, जाडो याममा लाउने टोपी, पन्जा, ओछ्याउने म्याट लगायतका सामानहरु बितरण गरेको हो । बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्की लगायत पदाधिकारीले विपन्न परिवारलाई राहत सामग्री प्रदान गरेका थिए ।

चिसोले कष्टकर गुजारा गरिरहेका परिवारलाई जाडो छल्न राहत सामग्री प्रदान गरिएको बागमतीका अध्यक्ष कार्कीले जानकारी दिए । राहत सामग्री पाउँदा अती विपन्न परिवारहरु खुसी भएका छन् । बागमती सेवा समाज नेपालले यस अघि पनि विपद् सम्बन्धी राहत सामग्री वितरण गर्दै आएको छ ।