बरहथवामा भुमि आयोगको कार्यालय उद्धघाटन

15
कार्यालय उद्घाटन गर्दै बरहथवाका मेयर महतो र उपमेयर माझी । (तस्बिर : उज्यालो अभियान)

बरहथवा – सर्लाहीको बरहथवा नगरपालिकामा विहिबार भुमि सम्बन्धि समस्या समाधान आयोगको कार्यालय उद्धघाटन गरिएको छ ।

बरहथवामा भुमि सम्बन्धि समस्या समाधान आयोग अन्र्तगत लगत संकलन ईकाई कार्यालयको विहिबार उद्धघाटन गरिएको हो । बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतो र उपप्रमुख सीतादेवी माझीले एक समारोहबीच संयुक्त रुपमा कार्यालयको उद्धघाटन गरेका थिए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खेम बहादुर भुजेल, वडाध्यक्षहरु, स्थानीय भद्र भलाद्मी, बुद्धिजिबी लगायतको उपस्थिती रहेको थियो । आवास विहीन नागरिकका परिवारलाई भूमि उपलब्ध गराइ योजनाबद्ध, एकीकृत र सुरक्षीत बस्ती निर्माणमा मद्दत गर्ने, जोखिम क्षेत्र लगायत कानुनले बस्न वा खेती गर्न नहुने भनी तोकेको स्थानमा बसोबास गरेका वास्तविक भूमिहीन परिवारलाई योजनाबद्ध ढंगले स्थानान्तरण गर्ने लगायत कुराहरु यस कार्यालयको उद्धेश्य रहेको जनाईएको छ ।