कांग्रेसले गर्यो २०० वडामा विरोध प्रदर्शन

3
हरिवनको सबै वडामा मोटरसाईकल र्याली मार्फत विरोध प्रदर्शन गर्दै कांग्रेस कार्यकर्ता । (तस्बिर : उज्यालो अभियान)

हरिवन – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ मा गरेको संसद् विघटन प्रकरण विरुद्ध विहिबार नेपाली कांग्रेसले वडा स्तरीय विरोध प्रदर्शन गरेको छ ।

कांग्रेसको राष्ट्रव्यापी कार्यक्रम अन्तर्गत विहिबार दिउँसो सर्लाहीमा पनि विरोध प्रदर्शन भएको छ । सर्लाही स्थित २०० वटै वडामा विरोध प्रर्दशन गरिएको नेपाली कांग्रेस सर्लाहीका सभापति नागेन्द्र कुमार रायले जानकारी दिए । कतै जुलुस त कतै मोटरसाईकल ¥याली अनि कतै विरोध सभा जस्ता कार्यक्रमहरु शान्तिपूर्ण रुपमा सम्पन्न भएको दाबी गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागीलाई कांग्रेस सभापति रायले धन्यवाद प्रकट गरे ।

संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ । राष्ट्रव्यापी कार्यक्रम अन्तर्गत विहिबार मुलुकभरका वडा तहमा कांग्रेसले विरोध प्रदर्शन गरेको हो ।