हरिपुरको नगर सभा सूरु

4

हरिपुर – हरिपुर नगरपालिकाको सातौँ नगरसभा बुधबारबाट सूरु भएको छ ।

हरिपुर नगरपालिकाका प्रमुख जमरुद्धिन मन्सुरको अध्यक्षता तथा उपप्रमुख रेणुका काफ्लेको प्रमुख आतिथ्यतामा बुधबार दिउँसो नगरसभाको उद्धघाटन गरिएको छ । कार्यक्रममा हरिपुर नगरपालिकाका निर्वाचित जनप्रतिनिधि तथा प्रमुख प्रशासकिय अधिकृत उदय देवकोटासहित विषयगत शाखा प्रमुखको उपस्थितीमा नगरसभाको उद्धघाटन गरिएको हो ।

नगरसभाले नगरपालिकालाई आवश्यक नयाँ कानून निर्माण गर्नेछ । यस अघि नगरको छैठौँ नगरसभाले विनियोजन गरेको तर विभिन्न कारणले सञ्चालन गर्न नसकिएको विकास निर्माणका योजनाको समेत संशोधन तथा नयाँ योजनाको छनोट गरिने नगरपालिकाले जनाएको छ ।