प्रदेश सांसद् सिंहद्वारा विद्यालय भवन उद्घाटन

14
भवन उद्घाटन गर्दै प्रदेश सांसद् सिंह । (तस्बिर : उज्यालो अभियान)

धनकौल – सर्लाहीको धनकौल गाँउपालिका–१, धोबिनियाँमा बुधबार विद्यालय भवनको उद्धघाटन गरिएको छ ।

बुधबार एक कार्यक्रमका बिच आधारभूत विद्यालय, धोबिनियाँको नवनिर्मित चारकोठे पक्की विद्यालय भवनको उद्धघाटन सम्पन्न गरिएको हो । आर्थिक वर्ष २०७६/०७७ मा शिलान्यास गरिएको भवनको दुई वर्षपछि प्रदेश सांसद् विरेन्द्र सिंहले बुधबार उद्धघाटन गरेका हुन् । चार कोठे पक्की भवनको ३६ लाख रुपैंया लागतमा निर्माण सम्पन्न गरिएको छ ।

उद्धघाटन कार्यक्रममा गाँउपालिकाका अध्यक्ष रामआश्रय साह, उपाध्यक्ष अकली सहनी, वडाध्यक्ष गौरीशंकर महतो, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर महतो र विद्यालयका प्रधानाध्यापक महादेव महतोलगायतको उपस्थिती रहेको थियो ।