बलिदानी दिवसको अवसरमा न्यानो कपडा वितरण

20

ईश्वरपुर – सर्लाहीको ईश्वरपुर नगरपालिकामा बालिदानी दिवसको अवसरमा सोमबार न्यानो कपडा वितरण गरिएको छ ।

दिवसका अवसरमा ईश्वरपुर नगरपालिकाको वडा नं. ३ भक्तिपुरका ५० जना बिपन्न तथा दलित बालवालिकालाई न्यानो कपडा वितरण गरिएको हो । सर्लाही क्षेत्र नं. १ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य उपेन्द्र महतोले आफ्नो निजी खर्चमा विपन्न तथा दलित बालबालिकालाई जाडोबाट बचाउन न्यानो ज्याकेट वितरण गरेको जनता समाजवादी पार्टीका नेता नागेश्वर महतोले जानकारी दिए । न्यानो कपडाका अभावमा विपन्न तथा दलित समुदायका बालबालिकाको स्वास्थ्यमा विभिन्न किसिमका समस्या देखा पर्ने गरेकोले यसबाट जोगाउनको लागि ज्याकेट वितरण गरिएको प्रदेश सभा सदस्य महतोले बताए ।

यता, लालबन्दी नगरपालिकामा पनि शहिदहरुको सम्झनामा दिप प्रज्जवलन गरेर बलिदानी दिवस मनाईएको छ । साेमबार साँझ लालबन्दीस्थित डुमडुमे मन्दिर अगाडि दिप प्रज्वलन गरिएको जनता समाजवादी पार्टीका नेता पदम गोलेले जानकारी दिए । लालबन्दीमा पनि प्रदेश सांसद महतोकै सहयोगमा २५ जना विपन्न तथा दलित बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । दिवसको अवसरमा गरिएको दिप प्रज्जवलन तथा कपडा वितरण कार्यक्रममा हिराकाजी लामा, इन्द्र बल लगायतले शहिदले पु¥याएको योगदानको बारेमा चर्चा गरेका थिए ।
फोटो क्याप्सन : बलिदानी दिवसको अवसरमा वितरण गरिएको न्यानो कपडा लगाएका बालबालिकाका साथमा प्रदेश सांसद् महतो सहित अतिथिहरु । (तस्बिर : सामाजिक संजाल)