कांग्रेस नेता कार्कीले दिए मानव सेवाश्रमलाई कम्बल र चामल

19
मानव सेवाश्रममा कम्बल र चालम सहयोग गर्न पुगेका कार्की दम्पत्ति पानसमा बत्ती बाल्दै ।

हरिवन – युवा समाजसेवी एवं नेपाली कांग्रेस हरिवन नगर समितिका सचिव निरोज कार्कीले मानव सेवाश्रम हरिवनमा सहयोग प्रदान गरेका छन् ।

उनले बिहिवार माघे संक्रान्तिका अवसरमा सडक मानवहरुको उद्धार गरेर अहिले वाहीवाही कमाईरहेको मानव सेवाश्रममा ४० थान कम्बल र दुई बोरा चामल सहयोग गरेका हुन् । कार्कीले बिहिवार श्रीमती कृष्टिना कार्कीसँगै आश्रममा आएर कम्बल र चालम उपलब्ध गराएका आश्रमले जनाएको छ ।

कांग्रेस नेता कार्कीले यसअघि देखिनै यसैगरी विभिन्न खाले सामाजिक काम गर्दै आएका छन् ।