लायन्स क्लबद्वारा वृद्धाश्रममा खाद्यान्न सहयोग

8
आश्रमका वृद्धवृद्धालाई भोजन गराउन र खाद्यान्न सहयोग गर्न पुगेका क्लबका पदाधिकारी ।

नवलपुर – सर्लाहीको लालबन्दीमा रहेका लायन्स र लियो क्लबले वुधवार जुटपानी वृद्धाश्रममा संयुक्त रुपमा खाद्यान्न सहयोग गरेका छन् ।

लायन्स क्लबका दिवंगत सदस्य मीनराज कार्कीको चौंथो स्मृति दिवस तथा अन्तराष्ट्रिय लायन्स क्लबका जन्मदाता मेलभिन जोन्स दिवसका अवसरमा पद्म–भुवनेश्वरी नमूना वृद्धाश्रममा सहयोग गरिएको हो । आफूहरुले वुधवार बिहान आश्रममा पुगेर त्यहाँ आश्रीत बुवाआमालाई भोजन गराई २ सय किलो चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न र एक थान ह्वील चेयर तथा दुई थान कम्बल प्रदान गरेको लायन्स क्लब अफ लालबन्दी सिटीका अध्यक्ष राजकुमार न्यौपानेले बताए ।

आश्रममा आएर यस किसिमको सहयोग गरेकोमा आश्रमका संरक्षक बासुदेव शरण कोइराला, व्यवस्थापक भवानी कोइरालाले दुवै क्लबका पदाधिकारीहरुप्रति धन्यवाद् ज्ञापन गरेका छन् ।