पिडारीमा माघी महोत्सव सुरु, भोलीसम्म चल्ने

8
महोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि र अन्य अतिथिहरु ।

पिडारी – सर्लाहीको हरिपुर नगरपालिका–९, पिडारीमा वुधवारबाट माघी महोत्सव सुरु भएको छ ।

थारु नयाँ वर्ष थारु सम्वत २६४५ का अवसरमा थारु कल्याणकारिणी सभा सर्लाहीको आयोजनामा महोत्सव सुरु भएको हो । बिहिवारसम्म चल्ने महोत्सवमा वुधवार सर्लाहीसहित विभिन्न जिल्लाहरुबाट उपस्थित भएका थारुहरुद्वारा आफ्नो जातिको भेषभुषा तथा पहिचान झल्कने झाँकीसहित प्रस्तुतीहरु देखाइएको थारु कल्याणकारिणी सभाका केन्द्रिय सदस्य आशनारायण चौधरीले जानकारी दिए ।

बिहिवार साँस्कृतिक प्रतिस्पर्धा गराई महोत्सवको समापन गरिने छ ।

थारु कल्याणकारिणी सभा सर्लाहीका अध्यक्ष बलिराम चौधरीको अध्यक्षता एवं केन्द्रिय अध्यक्ष अमृतप्रसाद खाँ थारुको प्रमुख आतिथ्यतामा आयोजित महोत्सवको उद्घाटन समारोहमा निवर्तमान संघीय सांसद प्रमोद साह, प्रदेश सभा सदस्य बेची लुंगेली, हरिपुर नगरपालिकाका मेयर जमिरुदिन मन्सुर, पिडारीका वडाध्यक्ष हरिनाथ प्रसाद साह, थारु कल्याणकारिणी सभाका पूर्व महामन्त्री अमिरी चौधरी, केन्द्रिय सदस्य आशनारायण चौधरी, पूर्व केन्द्रिय सल्लाहकार उदयनारायण चौधरी, ईलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक बिक्रम साह लगायतको आतिथ्यता रहेको थियो ।