सर्लाहीमा आज हुस्सु, न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस

3
चिसो छल्न आगो बालेर ताप्दै गरेका सर्वसाधारण । (फाईल तस्बिर : उज्यालो अभियान)

मलंगवा – सर्लाहीमा अहिले बाक्लो मात्रामा हुस्सु लागिरहेको छ ।

उत्तरी भेगको तुलनामा सदरमुकाम मलंगवासहित दक्षिणी भेगमा बाक्लो हुस्सु लागिरहेको हाम्रा संवाददाताहरुले जनाएका छन् । चुरे क्षेत्र तथा लालबन्दी, हरिवन, बागमती लगायत क्षेत्रमा हुस्सुकै बीच घाम देखा पर्न थालेको छ ।

हुस्सु लागेपनि जिल्लाको तापक्रम भने खासै घटेको छैन् । अहिले बिहान यहाँको न्यूनतम तापक्रम १२ डिग्री सेल्यियस छ । पुस पहिलो साता जिल्लाको तापक्रम ६ डिग्री सेल्सीयससम्म झरेको थियो ।

हिजोआज दिउँसोपख पारिलो घाम लाग्ने गरेपनि बिहान–बेलुका र रातको समयमा भने चिसो छ ।