लकडाउनको समयको शुल्क छुट गर्न माग गर्दै नेविसंघको नाराबाजी

15
शुल्क मिनाहा गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका नेविसंघ क्याम्पस इकाई सभापति र अन्य विद्यार्थी ।

लालबन्दी – नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बन्दाबन्दीको समयको शुल्क नलिन माग गर्दै आईतवार पुनः सर्लाहीको लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसलाई ध्यानाकर्षण गराएको छ ।

नेविसंघका नेताहरुको नेतृत्वमा विद्यार्थीहरुले आईतवार बिहान क्याम्पस समयमा नाराबाजी गर्दै कोरोना संक्रमणले गर्दा जारी गरिएको बन्दाबन्दीको समयको शुल्क नलिन माग गरेका हुन् । नेविसंघका इकाई सभापति सुमितराज काफ्ले, उपसभापति विवेक बानियाँ, सचिव विकास थापा, स्ववियू कोषाध्यक्ष अभिमन्यू चौधरी लगायतको नेतृत्वमा विद्यार्थीहरुले नाराबाजी गरेका थिए ।

नेविसंघले शुल्क मिनाहासहित छात्रावृत्ति वितरण, अतिरिक्त खेलकुद गतिविधि संचालन लगायतको समेत माग राखी केही साताअघि क्याम्पस प्रशासनलाई ज्ञापन पत्र बुझाएको थियो ।