जेसीआई लालबन्दीको अध्यक्षमा श्यामकुमार खड्का

लालबन्दी – जेसी आई लालबन्दीको वर्ष २०२१ को अध्यक्षमा श्यामकुमार खड्का निर्वाचित भएका छन् ।

शनिवार राती अबेर सम्पन्न जेसी आई लालबन्दीको दोस्रो वार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट खड्का निर्विरोध अध्यक्षमा चुनिएका हुन् । अधिवेशनबाट दुई कार्यकारीणी उपाध्यक्ष पदमा सरोजबाबु न्यौपाने र केशवराज खड्का तथा चार उपाध्यक्ष पद्मा सन्तोष पौडेल, विमल नगरकोटी (अभिषेक), गणेश कार्की र कुमार घिमिरे चयन भएका संस्थाका संस्थापक अध्यक्ष जेसी किरण घिमिरेले बताए ।

जेसी आईको विधान अनुसार निर्वाचन आयुक्तमा मातृशाखा चन्द्रनिगाहपुर सिटी जेसिज वर्ष २०२० का अध्यक्ष जेसी दिलिप सापकोटालाई नियुक्त गरिएको थियो । जेसी आई लालबन्दीको विधान अनुसार महासचिव, कोषाध्यक्ष र कानुनी सल्लाहकार पद्मा भने अध्यक्षले मनोनित गर्ने व्यवस्था रहेको संस्थापक उपाध्यक्ष कोमलहरि गौतमले जानकारी दिए ।