सीडीओसहितको टोलीद्वारा बालीनालीको निरीक्षण

61
सर्लाहीको हजरियामा आलु ब्लक क्षेत्रको निरीक्षण गर्दै सीडीओ नेतृत्वको टोली । (तस्बिर : उज्यालो अभियान)

हजरिया – सर्लाहीका किसानहरुले लगाएका विभिन्न बालीनालीको सुक्रवार जिल्लाबाट आएको टोलीले निरीक्षण गरेको छ ।

जिल्ला कृषि ज्ञान केन्द्र मलंगवाको आयोजनामा सुक्रवार दिउँसो हजरियामा आलु, बागमतीमा केरा, मकै, तरुल र बेसार, घुर्कौलीमा तरकारी र नवलपुरमा मौरीपालनको निरीक्षण गरिएको हो । टोलीले बरहथवामा कोल्ड स्टोरको समेत निरीक्षण गरेको छ ।

यो आर्थिक वर्षको कृषिका बजेट के–कस्ता बाली र किसानका लागि लागू गर्दा प्रभावकारी, परिणाममूखी र प्रभावकारी हुन्छ भन्ने विषयको अध्ययनका लागि निरीक्षण गरिएको जिल्ला कृषि ज्ञान केन्द्र मलंगवाका प्रमुख कमलदेव प्रसाद कुशवाहाले जानकारी दिए । निरीक्षणमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी प्रमुख सन्तोष सिंह राठौर, कृषि ज्ञान केन्द्रका प्रमुख कुशवाहा, अन्य कृषि प्राविधिकहरु र सम्वन्धित पालिकाका कृषि शाखामा कार्यरत कर्मचारी लगायतको उपस्थिति थियो ।