जनज्योति क्याम्पस लालबन्दीमा नेविसंघको नाराबाजी

33

लालबन्दी – आफूले उठाएको मागहरु सम्वोधन गर्न चासो नदिएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बिहिवार बिहान सर्लाहीको लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा प्रदर्शन गरेको छ ।

नेविसंघको क्याम्पस इकाई समितिले विभिन्न ६ बुँदे माग राख्दै पुस १४ गते क्याम्पस प्रमुख डा. रेवती प्रसाद न्यौपानेलाई ज्ञापन पत्र बुझाएको थियो । नेविसंघले लकडाउनले गर्दा अध्ययन नभएको समयको शुल्क मिनाहा गर्नुपर्ने, विद्यार्थीहरुलाई छात्रावृत्ति वितरण गर्नुपर्ने, पुस्तकालयमा सबै पुस्तकहरुको व्यवस्था हुनुपर्ने लगायत माग राखी ज्ञापन पत्र बुझाएको थियो ।

ती मागहरु पूरा गर्न क्याम्पसले बेवास्ता गरेपछि बिहिवार बिहान नाराबाजीसहित पुनः क्याम्पस प्रशासनको ध्यानाकर्षण गराइएको नेविसंघ क्याम्पस इकाई समितिका कार्यवाहक सभापति एवं क्याम्पसका स्ववियू कोषाध्क्ष अभिमन्यू चौधरीले जानकारी दिए ।