स्वस्तिकको अध्यक्षमा पुनः कार्की

स्वस्तिकको २० औँ वार्षिक साधारण सभाको उद्घाटन गरिँदै । (तस्बिर : उज्यालो अभियान)

बयलवास – सर्लाहीको बयलवासमा रहेको स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः बेनीबहादुर कार्की चयन भएका छन् ।

वुधबार सम्पन्न संस्थाको २० औँ वार्षिक साधारण सभाले पुनः कार्कीकै अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति गठन गरेको हो । समितिमा बाल्मिकी सिंह उपाध्यक्ष, बेचुप्रसाद तिमल्सीना सचिव, विष्णुहरि मैनाली कोषाध्यक्ष, सदस्यहरुमा पन्ची कुमारी, रामजी गिरी र कमलदेव चौधरी रहेका छन् । यस्तै, ३ सदस्यीय लेखा समितिमा सहदेव सिंह संयोजक, कमल कुमारी र फकिरा साह सदस्यमा चयन भएका छन् ।

कोरोना भाईरसको संक्रमणले गर्दा विभिन्न ५ चरणमा एकाई भेला गरी, त्यहाँबाट छानिएका ७५ जना सदस्यको उपस्थितिमा प्रदेश २ का सहकारी विभाग प्रमुख ओमनारायण झाको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न गरिएको संस्थाका प्रवन्धक विनोद कुमार थापाले जानकारी दिए । उनका अनुसार संस्थाले गत आर्थिक वर्ष २०७६/०७७ मा ५२ लाख मूनाफा आर्जन गरेको छ भने त्यसबाट शेयर सदस्यहरुलाई १८ प्रतिसत लाभांस वितरण गर्ने निर्णय गरेको छ ।