भू–देवले बाड्यो विपन्नलाई कम्बल

16
कम्बल वितरण गर्दै लालबन्दी नगरपालिका ९ का वडाध्यक्ष घिमिरे र उद्योगका प्रवन्धक तातेड । (तस्बिर : उज्यालो अभियान)

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–९, बस्तीपुरमा रहेको भू–देव खाद्य उद्योगले करिव दुई सय विपन्न परिवारलाई न्यानो कम्बल वितरण गर्न सुरु गरेको छ ।

गोल्छा अर्गनाईजेशनद्वारा संचालित उद्योगले सामाजिक उत्तरदायित्व अन्तर्गत न्यानो कम्बल वितरण गर्न सुरु गरेको उद्योगका प्रवन्धक मोतिलाल तातेडले जानकारी दिए । उनका अनुसार बुधबार पहिलो दिन लालबन्दी नगरपालिका–९ का ५० बढी परिवारलाई वडाध्यक्ष गोपाल प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा कम्बल वितरण गरिएको हो ।

यस्तै, वडा नं. ९ कै थप ५० परिवार, वडा नं. ४ का ८० परिवार र यस क्षेत्रका विभिन्न मठमन्दिरमा शरण लिएर बसिरहेका जोगीहरुलाई कम्बल वितरण गरिने उद्योगका प्रवन्धक तातेडले बताए ।