डीआईजी सिंहद्वारा सर्लाहीका दुई ईप्रकाको निरीक्षण

28

गडहीया – नेपाल प्रहरीका प्रदेश २ प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) धीरजप्रताप सिंहले बुधबार सर्लाहीका दुईवटा प्रहरी युनिटको निरीक्षण गरेका छन् ।

डीआईजी सिंहले ईलाका प्रहरी कार्यालय केशरगंज र ईलाका प्रहरी कार्यालय गडहीया डुमरीयाको निरीक्षण गरेका हुन् । डीआईजी सिंहले दुवै युनिटको निरीक्षणका क्रममा प्रहरी संगठनमाथि प्रश्न नउठ्ने गरी जिम्मेवारी निर्वाह गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।

निरीक्षणमा जनकरपुरधामस्थित प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाई र सर्लाही प्रहरीका प्रमुख एसपी सन्तोष सिंह राठौर लगायतको उपस्थिती रहेको थियो । डीआईजी सिंहले नियमित कार्य अन्तर्गत निरीक्षण गरेको सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए ।