प्रदेश सांसद सिंहद्वारा सेखौनामा प्राविको भवन उदघाटन

8
फोटो क्याप्सन ः विद्यालय भवन उद्घाटनका अवसरमा विद्यार्थीलाई छात्रावृत्ति वितरण गर्दै प्रदेश सभा सदस्य सिंह । (तस्बिर : उज्यालो अभियान)

धनकौल – सर्लाहीको धनकौल गाउँपालिका १ सेखौनास्थित प्राथमिक विद्यालय रैकलको नवनिर्मित भवनको सोमवार उद्घाटन गरिएको छ ।

धनकौल गाउँपालिकाको १० लाख रुपैयाँ लागतमा निर्मित विद्यालय भवनको प्रदेश सभा सदस्य वीरेन्द्र कुमार सिंहले उद्घाटन गरेका हुन् । सोही अवसरमा विद्यालयको कक्षा १ देखि ५ सम्म अध्ययरत सम्पूर्ण विद्यार्थीलाई छात्रावृत्ति बापत विद्यालय पोषाक समेत वितरण गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्र साह, उपाध्यक्ष अकली देवी सहनी, वडाध्यक्ष गौरीशंकर महतो, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण महतो, विद्यालयका प्रधानाध्यापक भाग्यनारायण महतो लगायतको उपस्थिति रहेको थियो ।