चन्द्रनगरमा बहुजनको कमिटी

5
सर्लाहीको चन्द्रनगरमा आयोजित बहुजन परिषद्को भेला ।

चन्द्रनगर – बहुजन समाज परिषद् नेपालले सर्लाहीको चन्द्रनगर गाउँपालिकामा पनि आफ्नो गाउँ कमिटी गठन गरेको छ ।

परिषद्का जिल्ला सदस्य बिन्दीलाल रामको अध्यक्षतामा सोमवार सम्पन्न भेलाबाट रंजित महरा अध्यक्ष रहने गरी २७ सदस्यीय चन्द्रनगर गाउँ कमिटी चयन गरिएको हो । जसमा फूलोदेवी पासवान र राजु माझी उपाध्यक्ष, वीरेन्द्र राम सचिव, संगीता पासवान कोषाध्यक्ष, सीता देवी राम सह–कोषाध्यक्ष लगायत अन्य सदस्य रहेका छन् ।

भेलालाई परिषद्का राष्ट्रिय अध्यक्ष हरिनन्दन कुमार रन्जन र राष्ट्रिय प्रभारी राजाराम पासवानले सम्वोधन गरेका थिए । मुसहर, चमार, दुसाध लगायत भूमिहिन बनाइएका बहुजन समाजलाई एकजुट बनाउने उद्देश्यसहित अहिले जिल्लाका प्रत्येक पालिकामा यसरी कमिटीहरु गठन गर्ने काम भइरहेको छ ।

हालसम्म जिल्लाको ईश्वरपुर, कविलासी, मलंगवा, रामनगर, पर्सा लगायतका पालिकामा कमिटी गठन भइसकेका छन् ।