सर्लाहीको हरिपूर्वामा मोटरसाइकल दुर्घटना, तीन जना गम्भीर घाईते

1
सांकेतिक तस्बिर ।

हरिपूर्वा – सर्लाहीको दक्षिण–पूर्वी भेगस्थित हरिपूर्वा नगरपालिका ६ मा गएसाँझ (सुक्रवार साँझ) मोटरसाइकल दुर्घटना हुँदा ३ जना गम्भीर घाईते भएका छन् ।

तीन जना सवार ज ९ प ७७७६ नम्वरको मोटरसाइकल पैदलयात्रीलाई ठक्कर दिई दुर्घटना भएको हो । दुर्घटनामा पैदलयात्री हरिपूर्वा नगरपालिका ५ की ४० वर्षीया फेकन देवी, मोटरसाइकल चालक महोत्तरीको गौशाला नगरपालिका ६ बस्ने २५ वर्षीय राजकुमार महतो, मोटरसाइकल पछाडि सवार गौशाला ६ कै २६ वर्षीय सत्रुघन चौधरी घाईते हुनु भएको हो ।

घाईते तीनै जनालाई उपचारका लागि सुक्रवार राती नै जनकपुरतर्फ लगिएको छ । मोटरसाइकलमा सवार अर्का एक जना भने फरार भएका प्रहरी चौकी हरिपूर्वाले जनाएको छ । दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरी नियन्त्रणमा राखिएको छ ।