सर्लाहीको बागमतीमा ट्रकको ठक्करबाट गम्भीर घाईते महिलाको मृत्यु

4
सांकेतिक तस्बिर ।

बागमती – सर्लाहीको बागमतीमा ट्रकको ठक्करबाट गम्भीर घाईते भएकी महिलाको काठमाण्डौं लाग्दै गर्दा बाटोमा नै मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बागमती नगरपालिका ११ बागमती पुलमा बिहिवार दिउँसो ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा त्यही वडाकी ६५ वर्षीया जानुका ढकाल घाईते भएकी थिईन् । ढकाललाई चन्द्रनिगापुरमा सामान्य उपचार गरी काठमाण्डौं लाने क्रममा बिहिवार राती बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको हो ।

सो दुर्घटनामा पश्चिमबाट पूर्वतर्फ आइरहेको ना ६ ख ४०२३ नम्वरको ट्रकले ना ३५ प ९३१ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ढकाल, श्रीमान तुलसीप्रसाद ढकालले चलाएको मोटरसाइकलको पछाडि बसेकी थिईन् । ढकालका श्रीमान तुलसीप्रसादको अवस्था भने सामान्य छ ।

दुर्घटनामा संलग्न ट्रक र चालकलाई नियन्त्रणमा लिई प्रहरीले कारवाही प्रक्रिया अघि बढाएको छ ।