हरिवन बजारमा आगलागी, ५० लाख बराबरको क्षति

1
प्रतिकात्मक तस्बिर

हरिवन – सर्लाहीको हरिवन बजारमा राती (बिहिवार राती) आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

वडा नं. ११ स्थित नगरपालिकाको सरकारी जग्गामा कठघेरा खडा गरी स्थानीय मनोज साहले सञ्चालन गरेको किराना पसल र कपडा पसल, मदन साह, तेजप्रसाद ढुंगेल र रवी दासको सँगै जोडिएको किराना पसलमा आगलागी भएको हो । प्रारम्भिक विवरण अनुसार आगलागीबाट करिव ५० लाख बराबरको क्षति भएको अनुमान गरिएको हरिवनका प्रहरी निरीक्षक अवधेश कुमार यादवले बताए ।

बिहिवार राती सबा १ बजेतिर सुरु भएको आगलागी स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र हरिवन नगरपालिकाको दमकलको सहयोगमा आज बिहान (सुक्रवार बिहान) पौने ३ बजेतिर नियन्त्रणमा आएको थियो । आगलागीबाट ४ वटा काठका कठघेरा र पसल भित्रका सबै सरसामग्री जलेर खरानी भएका छन् । आगलागीको कारण खुलेको छैन् ।

केही दिनअघि पनि हरिवनमै कपडा गोदाममा आगलागी हुँदा लाखौँको क्षति भएको थियो ।