हरिवनमा मनाइयो राष्ट्रिय ढाका टोपी दिवस

6
कार्यक्रममा सहभागीहरु ।

हरिवन – राष्ट्रिय ढाका टोपी दिवस आज बिहान (सुक्रवार) हरिवनमा पनि मनाइएको छ ।

न्यू हरिवन युवा क्लबको आयोजनामा पूर्व पश्चिम राजमार्गस्थित हरिवनको कार्की पुस्तक पसल अगाडि दिवस मनाइएको हो । कार्यक्रममा प्रदेश सभा सदस्य द्वोय डिल्ली प्रसाद उप्रेती र बेची लंगेली, हरिवन नगरपालिकाका मेयर गणेश प्रसाई, उपमेयर रेणुका पौडेल, वडा नं. ६, ८ र ११ का वडाध्यक्ष क्रमश ः प्रल्हाद बुढाथोकी, यज्ञविनोद ढुंगेल, शेष मेहबुब रेजा लगायतले राष्ट्रिय ढाका टोपी दिवसको शुभकामना व्यक्त गरेका छन् ।

यस्तै, नेकपाका नेता राजकुमार राय, सुरेन्द्र लामा, चूडामणि वाग्ले, नेपाली कांग्रेस हरिवनका सभापति रामशरण उप्रेती, नेतृ सोनी बोम्जन, अनेरास्ववियूका नेता सुनिल श्रेष्ठ, न्यू हरिवन युवा क्लबका अध्यक्ष निरोज कार्की, समाजसेवी भरत कुमार कार्की लगायतको उपस्थिति थियो । सहभागीहरुले दिवसका दिनमा झैँ नेपालीहरुको पहिचान ढाका टोपीप्रति सदैव मोह भइरहनु पर्नेमा जोड दिएका न्यू हरिवन युवा क्लबका सदस्य युवराज भण्डारीले जानकारी दिए । । कार्यक्रमका सहभागी सबैले ढाका टोपी लगाएर हरिवनमा बर्सेनि यसरी अंग्रेजी नयाँ वर्षका दिन राष्ट्रिय ढाका टोपी दिवस मनाउने गरिएको छ । नेपाली टोपीको प्रवद्र्धन गर्नका लागि अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।

जंगबहादुर राणाकी बहिनी डम्बरकुमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ । नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् ।

नेपाली टोपीको साइनो बंगलादेशको ढाका, काश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । विशेषतः भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ ।

तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् । यो दिन नेपाल र नेपालबाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी धुमधामका साथ नेपाली टोपी दिवस मनाउने गरेका छन् । यो लहरसँगै पछिल्लो समय नेपाली टोपी लगाउनेको संख्या बढिरहेको छ ।