उज्यालो अभियानकर्मी ठाकुर र सापकोटा सम्मानित

6
सम्मानित उज्यालोकर्मी सापकोटा र ठाकुर ।

हरिवन – सर्लाहीस्थित सहकारीहरुको छाता संगठन जिल्ला बचत तथा ऋण सहकारी संघले पत्रकारिता मार्फत नागरिकलाई सुसुचित गर्ने काम गरेको भन्दै दुई जना उज्यालो अभियानकर्मीलाई सम्मान गरेको छ ।

सम्मानित हुनेमा उज्यालो अभियानकर्मी ओमप्रकाश ठाकुर र अच्युतम सापकोटा रहेका छन् । संस्थाको ११ औं बार्षिक साधारण सभाको अवसरमा पत्रकारद्वयलाई सम्मानित गरिएको हो । ठाकुर कान्तिपुर दैनिक र सापकोटा एपी वान टेलिभिजनमा समेत कार्यरत छन् ।

कविलासी नगरपालिका–६ जमुनियाँस्थित जनमुद्रा बचत तथा ऋण सहकारीको सभाहलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहेका राष्ट्रिय सहकारी बैंकका सञ्चालक विश्वनाथ मण्डलले पत्रकारद्वयलाई सम्मान पत्र प्रदान गरेका थिए । संघका अध्यक्ष बाबुराम घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष घिमिरेले यस बर्षमा ७८ लाख ९८ लाख ९ सय ७४ रुपैयाको कारोबार गरेको जानकारी दिए ।

संस्थाको खुद नाफा भने करिव तीन लाख रहेको जनाइएको छ । संस्थाले आर्थिक वर्ष २०७६/०७७ को आयव्यय पारित, एवं उत्कृष्ट शेयर, उत्कृष्ट ऋणी र उत्कृष्ट बचत सहकारीलाई समेत सम्मान गर्दै साधारण सभा सम्पन्न भएको थियो । एक सय १७ वटा बचत तथा ऋण सहकारी रहेको संघमा १७ वटा महिला बचत तथा एक सय मिश्रित बचत सहकारी रहेको छ ।