बहुजन समाजको अन्तरक्रिया कार्यक्रम सम्पन्न

कार्यक्रमका प्रमुख आतिथि एवं अतिथिहरु । (तस्बिर : उज्यालो अभियान)

बरहथवा – बहुजन समाज परिषद नेपाल र संघीय लोकतान्त्रिक राष्ट्रिय मंच द्वारा बरहथवामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

बुधबार भएको कार्यक्रममा धर्म निर्पेक्षता, संघीयता, जात बिनास, आरक्षण तथा वर्तमान राजनीतिक घटनाक्रम सम्बन्धमा अन्तरक्रिया गरिएको बहुजन समाज परिषद्का राष्ट्रिय संगठन प्रभारी राजाराम पासवानले जानकारी दिए । बहुजन समाज परिषद नेपालका राष्ट्रिय अध्यक्ष हरिनन्दन् कुमार रन्जनको अध्यक्षता रहेको कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका संघीय अध्यक्ष कुमार लिङ्देनको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बहुजन समाजका राष्ट्रिय संगठन प्रभारी राजाराम पासवान, केन्द्रिय सदस्य जितेन्द्र राम, बालकिशोर राम लगायतको विशिष्ट आतिथ्यता रहको थियो । कार्यक्रममा बहुजन समाज परिषद्का जिल्ला तथा विभिन्न स्थानीय तहका नेताहरुको समेत उपस्थिती रहेको पासवानले जानकारी दिए ।