ब्रम्हपुरीमा बहुजन समाज परिषद् गठन

4
सोमबार ब्रम्हपुरीमा भेला भएकाहरु । (तस्बिर : उज्यालो अभियान)

ब्रम्हपुरी – दक्षिण सीमावर्ती क्षेत्रस्थित सर्लाहीको ब्रम्हपुरी गाउँपालिकामा बहुजन समाज परिषद् नेपालको तदर्थ समिति चयन भएको छ ।

सोमवार सम्पन्न भेलाबाट मनोज पासवानको संयोजकत्वमा १४ सदस्यीय गाउँपालिका स्तरीय तदर्थ समिति चयन गरिएको हो । समितिलाई पुस मसान्तभित्र अधिवेशन गरी पालिका स्तरीय समिति चयन गर्ने जिम्मेवारी दिइएको छ । तदर्थ समितिमा बेनी पासवान, पामवती माझी, राशनारायण राम, निरो देवी, प्रेमलाल राम लगायत रहेका छन् ।

भेलामा परिषद्का राष्ट्रिय संयोजक हरिनन्दन कुमार रन्जन, राष्ट्रिय प्रभारी तथा वरिष्ठ नेता राजाराम पासवान, जिल्ला उपाध्यक्ष देवेन्द्र राम, नेता रामप्रवेश राम, रामबाबु पासवान लगायतको उपस्थिति थियो । केही समययता सर्लाहीका विभिन्न पालिकाहरुमा बहुजन समाज परिषद्का पालिका स्तरीय नेतृत्व चयन भईरहेको छ ।