बागमती सेवा समाजले दियो विपन्न र बालबालिकालाई राहत

3
हरिपुरको पचगछियामा राहत बुझेर घर हिँड्न लागेका एक लाभग्राही । (तस्बिर : उज्यालो अभियान)

हरिपुर – सर्लाहीको हरिपुर नगरपालिका–७, पचगछियामा सोमवार २२५ परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।

बागमती सेवा समाज नेपालको साझेदारी तथा अक्सफाम नेपालको आर्थिक सहयोगमा कोरोना भाईरस संक्रमणबाट प्रभावित स्थानीय गर्भवती महिला, कुपोषित बालबालिकाका परिवार लगायतलाई राहत वितरण गरिएको हो । राहत सामग्रीमा ३० किलो चामल, ४ किलो दाल, २ लिटर तेल, २ किलो नुन, २ किलो चिनी, १ किलो मस्यौरा, ४ वटा साबुन, ३ किलो आलु र २ किलो प्याज रहेको छ । यसअघि यस्तै किसिमको राहत सामग्री हरिवन, बसबरिया र कालिन्जोरको पिपलदमारमा पनि बाँडिएको थियो ।

त्यस्तै चन्द्रनगर गाउँपालिका–३, गेरुका टोल मुसहर बस्तीका ६५ जना बालबालिकालाई सोमवार न्यानो कपडा प्रदान गरिएको छ । काठमाडौं निवासी समाजसेवी बिपी खनालको सहयोगमा मुसहर बालबालिकालाई न्यानो कपडा प्रदान गरिएको समाजसेवी शिवनाथ राउतले जानकारी दिए ।