संसद् विघटन विरुद्ध कांग्रेस र जसपाको प्रदर्शन

7

बयलवास – नेपाली कांग्रेसले आईतवार साँझ सर्लाहीको क्षेत्र नम्बरअन्तर्गत लालबन्दी, ईश्वरपुर, चन्द्रनगर र हरिपुरमा मसाल जुलुस निकालेको छ ।

कांग्रेसले संघिय संसद् विघटनको विरुद्धमा चार ठाउँमा मसाल जुलुस प्रदर्शन गरेको हो । कांग्रेसले आज (सोमवार) जिल्लाको ४ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दैछ । पार्टीले क्षेत्र नम्वर १ को बयलवास, २ को सदरमुकाम मलंगवा, ३ को बरहथवा र क्षेत्र नम्वर ४ को धनकौलमा क्षेत्रीय कार्य समितिको आयोजनामा सोमवार दिउँसो प्रदर्शन गर्न लागिएको जिल्ला सभापति नागेन्द्र कुमार रायले बताए ।

यस्तै, चरणवद्ध आन्दोलनमा रहेको जनता समाजवादी पार्टी(जसपा) ले पनि आईतवार नै सदरमुकाम मलंगवामा जिल्लाभरका नेताकार्यकर्ता उतारेर प्रदर्शन गरेको छ । आईतवार दिउँसो मलंगवासँगै जोडिएको ब्रम्हपुरी गाउँपालिकामा पनि प्रदर्शन गरिएको पार्टीका नेता एवं ब्रम्हपुरी गाउँपालिकाका अध्यक्ष विनोद कुमार साहले बताए ।

त्यसैगरी, सदरमुकाम मलंगवामा आईतावर नै राजवादीहरुले समेत राजा आऊ, देश बचाऊ भन्दै ¥याली निकालेका थिए । बद्लिँदो राजनीतिक घटनाक्रमसँगै जिल्लामा दिनहुँजसो प्रदर्शन भइरहँदा प्रहरीले सतर्कता र प्रदर्शन स्थलहरुमा उपस्थिति बढाएको छ ।