निकै पूरानो हरिवन युवा क्लबको नयाँ नेतृत्व चयन

6
नयाँ नेतृत्व चयन पश्चात सामुहिक तस्बिर खिचाउँदै साधारण सभाका सहभागिहरु । (तस्बिर : उज्यालो अभियान)

हरिवन – हरिवन युवा क्लबको नयाँ नेतृत्व चयन गरिएको छ ।

फुटबल प्रशिक्षक समेत रहेका सुमन तिलक सिन्दालीको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्ष राजिब मास्के, सचिव कमल खड्का, कोषाध्यक्ष गोविन्द बुढाथोकी, सहसचिव भुवन बराल सहित ३५ सदस्यीय कार्यसमिति चयन गरिएको अध्यक्ष सिन्दालीले जानकारी दिए । हरिवन बजारको भेटघाट होटलमा भएको साधारण सभाले क्लबको सल्लाहकारमा निरमुनी मैनाली, युवराज बुढाथोकी(विनय), कविराज उप्रेती र जुमानु राईलाई चयन गरेको छ । तत्कालिन अध्यक्ष जीतेन्द्र राईको अध्यक्षतामा भएको साधारण सभाले नयाँ नेतृत्व चयन गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा २०४३ सालमा दर्ता भएको क्लब केही वर्षदेखि निष्कृय रहेको थियो । केही दिनअघि मात्र क्लबलाई जिल्ला खेलकुद विकास समितिको कार्यालयमा नविकरण गरिएको थियो ।

क्लब नविकरण भएपछि केही दिनअघि समाजसेवी हाल सल्लाहकारमा चयन भएका युवराज बुढाथोकी (विनय)ले २२ थान जर्सी समेत सहयोग गरेका थिए । अध्यक्ष सिन्दालीले आगामी दिनमा क्लबलाई खेलकुद एवं सामाजिक क्षेत्रमा सकृय बनाईने प्रतिबद्धता जनाए ।