अर्किडद्वारा नवआगन्तुक विद्यार्थी र स्रष्टालाई सम्मान

8
स्रष्टालाई सम्मान गर्दै हरिवन नगरपालिकाकी उपप्रमुख रेणुका पौडेल । (तस्बिर : सन्जु कर्ण/उज्यालो अभियान)

सन्जु कर्ण/ हरिवन – सर्लाहीको हरिवनमा रहेको अर्किड आवासिय माध्यमिक विद्यालयले सुक्रवार ११ कक्षामा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत तथा स्रष्टाहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालयका फाउण्डर लोकराज पौडेलको अध्यक्षतामा भएको यस कार्यक्रमा हरिवन नगरपालिकाकी उपप्रमुख रेणुका पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी बागमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्की, नेकपा नेता बिदुर कुमार प्याकुरेल, राष्ट्रिय भूतपूर्व सैनिक संगठन सर्लाहीका अध्यक्ष शंकरबहादुर ख्डका, कमल खडका लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सभ्य तथा गतिशील समाज निर्माणको लागि शिक्षा साहित्य, कला संस्कृति, खेलकुद, रंगमञ्च, राजनीति, पत्रकारिता, अर्थ, सूचना तथा प्रबिधि लगायत माध्यमबाट योगदान पु¥याउनेहरुलाई सम्मान गरिएको स्वागत तथा स्रष्टा सम्मान कार्यक्रमका संयोजक पशुपति दहालले बताए ।

साहित्यकार विवस पौडेलले संचालन गरेका कार्यक्रममा बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुले नाचगान गरी मनोरञ्जन पनि गरिएको विद्यालयका शिक्षक तथा साहित्यकार कृष्ण दाहालले जानकारी दिए ।