सिदार्थ बैंक लालबन्दीले दियो विद्यालयलाई खानेपानी ट्याङकी

12
डिम जनता माविमा ट्याङकी हस्तान्तरण गर्न पुगेको बैंकको टोली र विद्यालय परिवार ।

लालबन्दी – सर्लाहीको लालबन्दीस्थित सिदार्थ बैंकको शाखाले डिम जनता माध्यमिक विद्यालय परवानीपुरलाई दुई हजार लिटर क्षमताको खानेपानी ट्याङकी प्रदान गरेको छ ।

बैंकको सुक्रवार मनाइएको १८ औँ वार्षिकोत्सवका अवसरमा लालबन्दी नगरपालिका वडा नं. १६ मा रहेको सो विद्यालयलाई लालबन्दी शाखाले क्यूरिफाई हुन सक्ने खालको प्लाष्टिकको ट्याङकी प्रदान गरेको हो । वार्षिकोत्सवमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विद्यालयलाई ट्याङकी हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

बैंकका प्रवन्धक विष्णु प्रसाद शर्मा, सहायक प्रवन्धक सुवास कुमार पाण्डे लगायतले सुक्रवार बिहान विद्यालयमै पुगेर व्यवस्थापन समितिका अध्यक्ष कृष्ण गौतमलाई ट्याङकी हस्तान्तरण गर्नुभएको हो । खानेपानीको अभाव रहेको विद्यालयमा बैंकले ट्याङकी सहयोग गरेकोमा विद्यालय परिवारले बैंकलाई धन्यवाद ज्ञापन गरेको छ ।