नवलपुर डोजाङका खेलाडीहरुको ग्रेडिङ

4

नवलपुर – सर्लाहीको लालबन्दी नगरपालिका-१, नवलपुरमा तेक्वान्दोका खेलाडीहरुको ग्रेडिङ गरिएको छ ।

नेपाल तेक्वान्दो संघ नवलपुरद्धारा सिनियर बेल्ट खेलाडीहरुको ग्रेडिङ कार्य सम्पन्न भएको हो । नवलपुरस्थित लिटिल फ्लावर ईङलिस स्कुलको प्राङगणमा आयोजित कार्यक्रममा वरिष्ठ प्रशिक्षकहरु भरत भण्डारी र किशोर थापा तथा नवलपुर तेक्वान्दो डोजाङका प्रशिक्षक दीपक श्रेष्ठ लगायतको उपस्थिति थियो ।

प्रशिक्षक श्रेष्ठको प्रयास तथा पहलमा पछिल्लो समय डोजाङका खेलाडीहरुलाई विभिन्न इभेन्टहरुमा सहभागी गराउने क्रम चलिरहेको छ ।