आगलागीबाट घरगोठ जलेर नष्ट, पाँच लाख बराबरको क्षति

2
प्रतिकात्मक तस्बिर

बागमती – चुरेक्षेत्रस्थित सर्लाहीको बागमती नगरपालिका १ दापडाँडामा आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ ।

सोमवार दिउँसो भएको आगलागीबाट स्थानीय अवधेश जिम्वाको कच्ची घर जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन् । आगलागीबाट घरसहित घरभित्र रहेका अन्न, भाडा, कपडा लगायतका सरसामान जलेर नष्ट हुँदा चार लाख बराबरको क्षति भएको पीडित जिम्वा परिवारले बताएका छन् ।

उता सोमवार साँझ मलंगवा नगरपालिका ३ मा आगलागीबाट रामबाबु साहको वस्तुभाउ बाध्ने गोठ जलेर ध्वस्त भएको छ । त्यहाँ पनि आगलागीको कारण खुल्न सकेको छैन् । आगोले गोठ पूर्ण रुपमा जल्दा एक लाख बराबर र छिमेकी प्रकाश रायको परालमा समेत सल्किँदा १० हजार बराबरको पराल जलेर खरानी भएको पीडित परिवारलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।