हरिवनमा आजबाट नगर स्तरीय वडा फुटबल हुँदै

7
एन्फा केन्द्रीय सदस्य लामाले उपलब्ध गराएको खेल सामाग्री । (तस्बिर : उज्यालो अभियान)

सुखेपोखरी – सर्लाहीको हरिवन नगरपालिका–१०, सुखेपोखरी स्थित चतुर्भूजेश्वर जनता माविको खेल मैदानमा आज (आईतबार) बाट प्रथप नगर स्तरीय वडा फुटबल प्रतियोगिता हुँदैछ ।

प्रतियोगिताका लागि अखित नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य दावा लामाले विभिन्न खेल सामग्री समेत सहयोग गरेका छन् । लामाले प्रतियोगिताको आयोजक न्यू हरिवन युवा क्लबलाई झण्डै ५० हजार रुपैयाँ बराबरको जाली, झण्डा, फुटबल लगायतका सामग्री प्रदान गरेको क्लबका अध्यक्ष एवं नेपाली कांग्रेस हरिवनका सचिव निरोज कार्कीले जानकारी दिए । क्लबका अध्यक्ष कार्कीका अनुसार हरिवन निवासी कांग्रेस कार्यकर्ता एवं नेपाल तामाङ घेदुङका नेता सचित न्यासुर तामाङ मार्फत एन्फाका केन्द्रीय सदस्य लामाले क्लबलाई सहयोग उपलब्ध गराएका हुन् ।

सुखेपोखरी खेल मैदानमा हुने प्रथम अन्तर वडा फुटबल प्रतियोगितामा हरिवन नगरपालिकाभित्रका सबै वडाले सहभागिता जनाउने अध्यक्ष कार्कीले बताए । आईतबारदेखि सुरु हुने प्रतियोगिता पुस १२ गतेसम्म संचालन हुनेछ । दिउँसो १ बजे उद्घाटन समारोह पश्चात प्रतियोगिता सूरु हुने कार्कीले जानकारी दिए ।