एभरेष्टका नयाँ विद्यार्थीलाई स्वागत

12

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका ५ मा रहेको एभरेष्ट आवासिय विद्यालयले हिजो आफ्ना कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ ।

विद्यालयमा कक्षा ११ मा भर्ना भएका १३७ जना विद्यार्थीलाई साँस्कृतिक सहित एक कार्यक्रम आयोजना गरी सम्मान गरिएको शिक्षक राजु पंजियारले जानकारी दिएका छन् ।

विद्यालयका संस्थापक गोपाल पंजियारको अध्यक्षता एवं प्याब्सन सर्लाहीका सल्लाहकार निर्मल आचार्यको प्रमुख आतिथ्यता र सञ्चारकर्मी प्रकाश मैनालीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।