समुन्नति परियोजनाको सामाजिक लेखा परीक्षण

11
कार्यक्रममा सहभागी मेयर, उपमेयर लगायत । (तस्बिर : उज्यालो अभियान)

बयलवास – सर्लाहीको हरिपुरमा रहेको ग्रामीण नारी उत्थान संघले सेभ द चिडे«नसँगको साझेदारीमा ईश्वरपुर नगरपालिकामा सञ्चालन गरिरहेको समुन्नति परियोजना लगायत अन्य परियोजनाहरुको शनिवार सामाजिक लेखा परीक्षण गरिएको छ ।

संस्थाले सन् २०२० मा नगरभित्र सो परियोजना अन्तर्गत सञ्चालन गरेको गतिविधिबारे आज ईश्वरपुर नगरपालिकाको सभा हलमा सामाजिक लेखा परीक्षण गराएको हो । ती परियोजना अन्तर्गत संस्थाले शिक्षा, स्वास्थ्य र जीविकोपार्जनको क्षेत्रमा सेभ द चिडे«नबाट प्राप्त ३ करोड ९५ लाख ६९ हजार ९९० रुपैयाँ बजेट प्राप्त गरेकोमध्ये ३ करोड ३२ लाख ९८ हजार ३३७ रुपैयाँ ७८ पैसा खर्च गरेको छ ।
बाँकी ६२ लाख ७१ हजार ६ सय ५२ रुपैयाँ २२ पैसा भने कोरोना संक्रमणका कारण खर्च गर्न नसकिएको र संस्थाले नै पछि प्रदेशभरी कार्यक्रम सञ्चालन भएका जिल्लाबाट फिर्ता भएको रकमले पुनः मास्क, स्यानिटाईजर लगायतका सामग्र खरिद गरी कार्यक्रम सञ्चालन भएका पालिकाहरुमा वितरण गरेको ग्रामीण नारी उत्थान संघका सचिव सूर्य प्रसाद चालिसेले बताए ।

संस्थाकी अध्यक्ष गोमादेवी न्यौपानेको अध्यक्षता एवं ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार देवकोटाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उपमेयर एकादेवी देवी चौधरी, विभिन्न वडाका वडाध्यक्ष र कार्यपालिका सदस्य, शिक्षक, समुन्नति परियोजना अन्तर्गत गठित कृषक समूहका सदस्य लगायतको उपस्थिति थियो ।

संस्थाका उपाध्यक्ष विष्णु प्रसाद चालिसेको स्वागत तथा परियोजना संयोजक शुभनारायण यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको परियोजना अधिकृत सुजा दुलालले जानकारी दिईन् ।